अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्यो

काठमाडौं । प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सरोकार समितिमा परराष्ट्र सम्बन्धबारे आफ्नो प्रश्तुती दिँदै उहाँले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध गम्भीर बन्दै गएको बताउनुभएको हो । उहाँले नेपालमा राजनीति भेटघाटका क्रममा जतिधेरै अमेरिकन, चाइनिज र भारतीय अधिकारीहरुको आगमन बढ्छ त्यत्ति धेरै नेपालको राष्ट्रिय सुरक्षा गम्भीर हुने बताउनु भयो । उहाँले राजनीतिक नेतृत्व इमान्दार भएर काम गर्न नसकेको बताउनु भयो । उहाँले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा सबै राजनीतिक दलहरु एक हुनुको विकल्प नरहेको बताउनु भयो ।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका राष्ट्रिय सभा सदस्य कुमार दसौदीले राष्ट्रिय सुरक्षालाई गम्भीर अवस्थामा पु¥याउन नागरिकता दिनेकुराले पनि भुमिका खेलेको बताउनु भयो । उहाँले नागकिरता सहजै उपलब्ध गराउने कुराले नेपालको राष्ट्रिय सुरक्षामा कति असर गर्छ भनेर सोच्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बदलिएकाले सबैभन्दा पहिला नागरिकलाई दिएको नारा पूरा गर्न लाग्नुपर्ने बताउनु भयो । उहाँले नागरिकलाई दिएको वाचा पूरा गर्न नसके वाह्य मात्रै नभइ आन्तरिक रुपबाट पनि देश कमजोर बन्ने बताउनु भयो ।

उहाँले अमेरिका, भारत र चीनको हस्तक्षेपको स्थिति बाझिानु नेपालको राष्ट्रिय सुरक्षाको चुनौतिका रुपमा रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);