मकवानपुर पहिरोमा बेपत्ता बावु–छोरीको शव फेला, अझै ३ जनाको अवस्था अज्ञात | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

मकवानपुर पहिरोमा बेपत्ता बावु–छोरीको शव फेला, अझै ३ जनाको अवस्था अज्ञात

काठमाडौं, २४ साउन । मकवानपुरको बाग्मती गाउँपालिका–५ मा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्ये २ जनाको शव फेला परेको छ । अझै ३ जनाको शव फेला परेको छैन् । बुधबार अक्कल बहादुर स्यान्तान र उनकी छोरी शिला पहरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान गएको पहिरोले घर बगाउँदा एकै परिवारका ५ सहित ६ जना बेपत्ता भएका थिए । मंगलबार बेलुका १४ घण्टापछि ६ जना मध्ये पाहुना आएका एक जना जिवित भेटिए ।

अक्कलको श्रीमती सन्त माया स्याङ्तानको भने मंगलबार बिहान शव फेला परेको थियो । अझै ३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी अक्कल बहादुर स्याङ्तान, उनकी छोरी शिला पहरी, ज्वाइँ जीवन पहरी, नाति मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र सिन्धुलीकी पासाङ घिसिङ बेपत्ता भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);