सरकारको एउटा हातले एयरपोर्टमा कमजोरी गर्यो, अर्को हातले फेरी पक्रियोः विश्वप्रकाश शर्मा | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

सरकारको एउटा हातले एयरपोर्टमा कमजोरी गर्यो, अर्को हातले फेरी पक्रियोः विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बैठक अवरुद्ध पार्ने काम नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गर्नु भएको छ ।

सुन प्रकरणलगायतका जनताका तमाम प्रश्नहरुको जवाफ खोज्ने थलो भएकाले संसदलाई एमालेले अवरोध गर्न नहुने उहाँको तर्क थियो । मंगलवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले पछिल्लो सुन प्रकरणको छानविनका लागि राज्यका निकायहरुलाई विश्वास गरेर जान पनि एमालेसँग विशेष अनुरोध गर्नु भयो ।

उहाँले वर्तमान सरकारले सुन प्रकरण, ललिता निवास प्रकरणलगायतका भ्रष्टाचारको फाइल खोल्दै जाने तर एमालेले भने त्यसमा सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले कानुन, संविधान, नियम र नियमावली अनुसार पनि राज्यका निकायले सो सुन प्रकरणको अनुसन्धान गर्ने कुरा उल्लेख गरेकाले त्यसलाई साथ दिएर अघि बढनुको विकल्प नरहेको बताउनु भयो । महामन्त्री शर्माले भ्रष्टाचारको मुद्दा, मुलुकमा सुशासन ल्याउने कुरामा राजनीतिक दलहरुले सत्तापक्ष र प्रतिपक्षको मनोभावनाभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनु भयो ।

महामन्त्री शर्माले एमालेतर्फ संकेत गर्दै मदन भण्डारी हत्या प्रकरण, निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि फाईल खोज्नपर्ने कि नपर्ने ? भनि प्रश्न समेत गर्नु भयो । काँग्रेसले भष्टाचारमा संलग्नहरुलाई कुनै पनि हालतमा नछोडने निर्णय लिएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न सबै राजनीतिक दलहरु एकमत भएर अघि बढनुपर्ने उहाँको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);