तीन नेताको स्वार्थमा संसद् बैठक रोक्न मिल्दैनः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

तीन नेताको स्वार्थमा संसद् बैठक रोक्न मिल्दैनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलका शिर्ष नेताका कारण संसद् बैठक रोक्न नमिल्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा बोल्दै सभापति लामिछानेले कुनै राजनीतिक दलबिच कुरा नमिल्दा संसद् बैठक रोक्न नमिल्ने बताउनुभएको हो । उहाँले सभामुखले भनेको समयमा घण्टी बज्नै पर्ने र संसद बैठक चल्नैपर्ने बताउनुभयो ।

उहाँले संसद बैठक चल्ने बेलामा तिनजना शिर्ष नेताहरु मिलेर किन सल्लाह गर्नुप¥यो भनि प्रश्न समेत गर्नुभयो । उहाँले वर्षौदेखिको राजनीतिक हस्तक्षेपले राज्यका निकायहरुलाई निकम्मा बनाइरहेको बताउनुभयो । सभापति लामिछानेले हरेक निकायमा दलका नेताहरुले आफ्ना मान्छेलाई भर्ति गरेका बताउनुभयो ।

सभापति लामिछानेले एमाले संसदीय समिति सभापतिको भागबन्डामा लागेको भन्दै यसो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी संसदको प्रमुख प्रतिपक्षी दल बनेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);