मौरीपालक इराकी किसान संकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मौरीपालक इराकी किसान संकट

काठमाडौं, २३ साउन । मौरीपालक इराकी किसानहरूको पेशा संकटमा पर्न थालेको छ ।

जलवायु परिवर्तनको कारण तापक्रममा भैरहेको वृद्धि, रोग र लामो समय खडेरी पर्न थालेपछि किसानहरु संकटमा पर्न थालेका हुन् । बढिरहेको चुनौतीहरूको बाबजुद पनि किसानहरु मौरीपालनमा लागिरहन इच्छुक पनि छन् ।

प्राचीन कालदेखि इराकका धेरै किसानहरू मौरीपालन र मह उत्पादनको पेशा अँगाल्दै आइरहेका छन् । सलाउदिन प्रान्तका ५० वर्षीय कृषक अली लफ्ताका अनुसार पर्याप्त पानी नहुँदा र मौरीलाई सन्तुष्ट राख्न पर्याप्त फूल फुल्ने बिरुवा नहुँदा किसानहरू आफ्नो पेशा बचाउन संघर्ष गरिरहेका छन् । धेरै कठिनाइका बाबजुद पनि आँफुले मह उत्पादन गरिरहेको बताए । उनी भन्छन् हरेक दिन एक चम्चा महले स्वस्थ जीवनको ग्यारेन्टी दिन्छ ।

बगदादबाट करिब ८० किलोमिटर उत्तरमा रहेको धुलुइयाह क्षेत्रमा रहेको पशु स्वास्थ्य क्लिनिकका निर्देशक डा. घलेब अल–जुबरीले मौरीहरुलाई गर्मीको समयमा धेरै रोग लाग्ने घाउ हुने बताउछन । मध्यपूर्व क्षेत्रमा छालाको संक्रमणको उपचारका लागि मह प्रयोग गर्ने गरिन्छ । सुमेरियन युगको मानिएको माटोको लेखिएको शिलालेखमा हजारौं वर्ष देखि यस क्षेत्रमा माहुरीपालन व्यवसाय रहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);