स्पेनले समुद्र तट जोगाउन ड्रोन उडायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

स्पेनले समुद्र तट जोगाउन ड्रोन उडायो

drone

काठमाडौं,२३ साउन । स्पेनले समुद्र तटलाई जलवायु परिवर्तनबाट जोगाउन ड्रोन तैनाथ गर्न थालेको छ ।

जलवायु परिवर्तनको असरबाट देशका समुद्र तटहरूलाई जोगाउन स्पेनले का केही भागहरूमा यसरि ड्रोनहरू तैनाथ गरिएको हो । स्पेनको समुद्र तटहरू विश्वव्यापी ख्याति कमाएका पर्यटकीय गन्तव्यहरु हुन् ।

यी समुद्रीतटहरुबाट स्पेनले धेरै आम्दानी गरिरहेको छ । स्पेन सरकारले समुद्री तटको संरक्षण गर्न मद्दतको लागि, उच्च–रिजोल्युसन भएका क्यामेराहरू र मल्टिस्पेक्ट्रल सेन्सरहरूले जडान गरिएका ड्रोनहरू उडाउन थालेको छ । यी ड्रोनहरुले बालुवाको मात्रा अनुगमन गर्न, डेटा सङ्कलन गर्न, र समुद्र तटहरुलाई पुनर्जीवीत गर्ने उपायहरू ट्याक गर्न सूचना संकलन गर्दछन । स्पेनको उत्तरपूर्वी क्षेत्र क्याटालोनियामा रहेको कालाफेल सहरले जलवायु परिवर्तन अनुकूलन उपायहरूको लागि युरोपेली युनियनको इम्पेटस परियोजनामा भाग लिइरहेको छ ।

स्थानीय टिब्बा प्रणालीलाई पुनः उत्पन्न गर्न र सहरको द्ध.द्द किलोमिटर समुद्र तटहरूलाई खराब मौसमबाट बचाउन क्यालाफेलमा ड्रोनहरू प्रयोग भइरहेका छन्। क्यालाफेलका शहरी इकोलोजी काउन्सिलर आरोन मार्कोसले समुद्री तटहरूमा पहिले नै उल्लेखनीय सुधार गरेकोले समुद्री आंधी र छाल रोक्न सक्ने बताउनु भयो । ड्रोनले समुद्री किनारमा हुने बदलावको निरन्तर अनुगमन गर्ने र डाटा संकलन गर्ने भएकोले काम गर्न सजिलो भएको बताउनु भयो । यो परियोजना सन् २०२५सम्म जारी रहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);