काठमाडौं, २३ साउन । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सँघको केन्द्रीय सदस्यमा विवेक बानियाँ मनोनित भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ७ सय १० जनालाई सोमबार मनोनयन गरेका हुन् ।
बानियाँ सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका विद्यार्थी हुन् । उनी नेविसंघको स्ववियु सभापतिको दाबेदार थिए ।