काठमाडौं, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समितिको बैठक भदौमा बोलाएको छ । राप्रपाले आगामी भाद्र ७ र ८ गतेका लागि काठमाडौंमा बैठक बोलाएको हो ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्रसहित जनआन्दोलनको खाकासहित कार्यतालिका प्रस्तुत गर्ने छन् ।
त्यसैगरी, संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्यको लागि संघर्षको बाटो बैठकले तय गर्ने बुझिएको छ ।




