दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरको शंकास्पद गतिबिधि | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरको शंकास्पद गतिबिधि

बासुदेव बडु । केहि दिन यता दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले राउण्ड हानिरहेको छ ।

विगत केही दिनदेखि भारतीय हेलिकप्टर दार्चुला सदरमुकाम खलंगाको माथि आकाशमा उडिरहेको भन्दै स्थानीयहरु त्रसित भएका छन् ।

दार्चुला सदरमुकाम खलंगा स्थित नेपाली सेनाको गुरु गोरख गुल्म , जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,सस्त्र प्रहरी को ४४ नं गण हेडक्वाटर दार्चुला जस्तो सम्वेदनशील निकायको माथि आकाशबाट भारतीय हेलिकप्टर उड्दै गरेको छ ।

विगतको समयमा भारतीय सेनाको हेलिकप्टर पनि दार्चुलाको आकाशमा उड्ने गरेको भएपनि आज भोलि भारतीय सेनाको हेलिकप्टर दार्चुलाको आकाशमा देखिएको छैन।

भारतीय निजि कम्पनीको हेलिकप्टर दार्चुला सदरमुकाम खलंगाको आकासबाट उत्तर पश्चिम कालापानी क्षेत्र तर्फ गइरहेको छ। यसरी भारतिय हेलिकप्टर बाट दार्चुला सदरमुकाम खलंगाको आकाशमा संकास्पद गतिविधि रोक्न दार्चुला प्रशासन भने मौन रहेको देखिन्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);