प्रमुख तीन दलको बैठक निष्कर्षविहीन, अपरान्ह पुनः बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

प्रमुख तीन दलको बैठक निष्कर्षविहीन, अपरान्ह पुनः बस्दै

काठमाडौं । संसद बैठक सुचारु गराउने मुख्य एजेण्डासहित बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको बैठक विनानिष्कर्ष सकिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलको शीर्ष बैठकमा एमालेले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने अडान नछाडेपछि बैठक विनानिष्कर्ष सकिएको हो । बैठकमा संसद बैठक खुलाउने दिशामा सैद्धान्तिक सहमती जनाएका नेताहरुले साँढे ३ बजे पुनः बैठक बसी टुंगोमा पु¥याउने बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बैठक खुलाउने विषयमा सैद्धान्तिक सहमती भएको र साँढे ३ बजेपछि बस्ने बैठकले त्यसबारे टुंगोमा पु¥याउनु प्रतिक्रिया दिनु भयो ।

उहाँले भन्नु भयो, ‘संसद बैठक खुलाउन सबैको सैद्धान्तिक सहमती छ । आजै साँढे ३ बजे बैठक बसेर टुंगोमा पु¥याउँछौं ।’

बैठकमा एमालेले भने सुन प्रकरण छानविनका लागि सत्तापक्ष सहमत भएमात्रै संसद बैठक अगाडि बढने अडान राखेको थियो । सत्तापक्ष आफूहरुको मागमा सहमत भएमात्रै संसद बैठक सुचारु हुने कुरा आफूहरुले सत्ता पक्षलाई भनेको र उनीहरुले त्यसबारे एक घण्टाको समय माग गरेकाले बैठक अपरान्ह सम्मका लागि स्थगित गर्नु परेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनु भयो ।

संसद बैठक सुचारु गराउने विषयमा केन्द्रित रहेर छलफल गरिएको र त्यसका लागि आवश्यक निर्णय गर्नका लागि फेरीे बैठक बस्ने सहमती गरिएको काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो ।

बैठकमा नेताले संसदीय समितिका नेतृत्वका विषयमा सहमती गरेका थिए । एमालेलाई राज्यको निर्देशक सिद्धान्त, सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक समितिको सभापति दिने विषयमा सहमती गरिएको एमालेका सचेतक बर्तौलाले बताउनु भयो । उहाँका अनुसार अन्य समितिका नेतृत्वको विषयमा भने सत्तारुढ दलहरुबीच बाँडफाँड हुनेछ ।

Leave a Reply