बन्दिपुर गाउँपालिकाद्धारा दुना टपरी बनाउने मेसिन आमा समुहलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

बन्दिपुर गाउँपालिकाद्धारा दुना टपरी बनाउने मेसिन आमा समुहलाई हस्तान्तरण

काठमाडौं, २२ साउन । तनहुँको बन्दिपुर गाउँपालिकाले एक पछि अर्को गर्दै जनमुखि काम गर्दै आइरहेको छ । आइतबार गाउँपालिकाले वडा नम्बर ६ धरमपानीमा दुना टपरी बनाउने र प्याकेजिड गर्ने मेसिन हस्तान्तरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थाापाले उक्त मेसिन कन्या देबि आमा समूहलाई हस्तान्तरण गरेका हुन् । आमा समुहले उत्पादन गर्ने दुना टपरी होटल तथा रेस्टुराँ व्यवसायीहरुलाई दिने योजना गाउँपालिकाको योजना रहेको छ ।

गाउँमा उत्पादित तिल,बोडी, फापर,गहत,मास,जुनेलो, कोदोको पिठो, गुन्द्रुक,मसेउरा, खुर्सानी,थांकल लगायतका नगदेबाली प्याकेजिङ्ग गरि बजारिकरण मा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष थापाले बताउनु भयो । समग्र ६ नं वडाका जनताको आर्थिक स्थिति मजबूत बनाउने आफ्नो योजना रहेको उहाँको भनाइ छ ।

केही समयअघिसम्म गाउँपालिकाको नेतृत्वको निकै आलोचना हुँदै आएको थियो । पछिल्लो समय अध्यक्ष थापा आफै पनि जनतासँगै फिल्डमा देखिन्छन् र उनीहरुसँगै काम पनि गर्छन् । वर्खायामको झरी पनि नभनी थापाले कुलो,बाटो खन्दै स्थानीय स्तरकै खाजा खाँदै कामको आनन्द लिइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);