डा.लोहनीको खुलासा– भारतको समर्थन नहुँदा सरकार टिक्न नसक्ने मनस्थितिमा प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

डा.लोहनीको खुलासा– भारतको समर्थन नहुँदा सरकार टिक्न नसक्ने मनस्थितिमा प्रधानमन्त्री

काठमाडौं । राप्रपाका नेता एवं पूर्वपरराष्ट्र मन्त्री डा.प्रकाशचन्द्र लोहनीले भारतको समर्थन नहुँदा सरकार टिक्न नसक्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बताउनुभएको छ ।

शुक्रवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकार भारतसँग सीमा समस्या,डुवान र ईपीजीका विषयमा कुरा उठाउन नचाहेको बताउनु भयो। उहाँले भारतसँगको परनिर्भता बढ्दै जाँदा सरकार मानसिक रुपमा कमजोर भइरहेको बताउनु भयो। उहाँले मुलुकलाई चामलमा समेत आत्मनिर्भर बनाउन नसक्दा समस्या भइरहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘कतिपय उठाउनुपर्ने कुराहरु हामीले उठाउन गाह्रो मानिरहेका छौं । हाम्रो परनिर्भता एकदमै बढेर गएको छ । त्यसले गर्दाखेरी हामी मानसिक रुपमा कमजोर भइरहेका छौं । कति सरकारहरु आए । तीनीहरुले चामलमा आत्मनिर्भर गराउँछौ भनेरपनि भने तर, अहिले अर्बौं अर्बको चामल नमगाएर हुँदैन । भारतले चामल रोकिदियो भने भोलि भाउ बड्छ । हाम्रो भण्डार छैन । हामी स्वावलम्वी हुनेतर्फ उन्मुख भएनौं । हामीले आफैँले आफैँलाई कमजोेर बनायौं । हाम्रो सरकार यसरी गयो की भित्र हामी आफू असन्तुलित कता कता त्यो मित्रको समर्थन भएन भने हाम्रो सरकार टिक्दैन भन्ने मनस्थितीले गर्दा हाम्रो लिडरसिपमा हिन मनस्थिति भयो ।’

उहाँले नेपाल खाद्यन्नमा आत्मनिर्भर हुनेतर्फ उन्मुख नभएको बताउनु भयो। उहाँले नेपालमा खाद्यन्नको भण्डार नहुँदा मूल्य वृद्धि बढ्ने निश्चित रहेको बताउनु भयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);