भोकमरी बिरुद्ध बहुपक्षीय प्रणालीको विकास गर्न आवश्यक | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

भोकमरी बिरुद्ध बहुपक्षीय प्रणालीको विकास गर्न आवश्यक

काठमाडौं । संयुक्त राष्ट्रसंघीय भोकमरी रोकथाम तथा न्युनिकरण संयोजक रिना घेलानीले भोकमरीको समस्या आउन नदिन बहुपक्षीय प्रणालीको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा बोल्दै संयोजक घेलानीले गत गएको वर्ष २५ करोड बढी मानिसहरुले भोकमरीको चपेटमा तिब्र खाद्य असुरक्षा भोगेको अनुभव गरे । यो पछिल्ला वर्षहरुमा बढिरहेको भोकमरीको सबैभन्दा ठूलो संख्या हो । विभिन्न देशहरुमा बढीरहेको भोकमरीमा महिला र बालबालिका बढी प्रभावित भएका छन् । भोकमरी फैलिएका अधिकांश देशहरुमा द्वन्द्व छ, भोकले द्वन्द्व र द्वन्द्वले भोक बढाइरहेको संयोजक घेलानीले बताउनु भयो ।

‘सशस्त्र द्वन्द्वले खाद्य प्रणाली र जीविकोपार्जनलाई नष्ट गरिरहेको छ र मानिसहरूलाई कमजोर र भोको बनाइरहेको छ’ संयोजक घेलानीले भन्नुभयो ।

सुरक्षा परिषद्को बैठकमा संयोजक घेलानीले जलवायु परिवर्तन र आर्थिक संकटहरूले भोकमरीलाई जटिल बनाउदै लागेको बताउनु भयो । पानी र अन्य प्राकृतिक स्रोतहरूमा तनाव बढ्दै जाँदा प्रतिष्पर्धा र बसाईसराई, द्वन्द्व र भोकमरी फैलिरहेको छ । जलवायु सम्बन्धी जोखिममा सबैभन्दा बढी जोखिममा रहेका १० देशहरूमध्ये सातवटा देशहरुमा आन्तरिक द्वन्द्व छ । यस्तै छ वटामा राष्ट्रसंघीय शान्ति स्थापना वा विशेष राजनीतिक मिसन स्थापित छ । चार देशमा १० लाखभन्दा बढी मानिस भोकमरीमा छन् । एकै समयमा, द्वन्द्व प्रभावित देशहरूमा रहेको असुरक्षाले जलवायु अनुकुलनका कार्यक्रमहरुलाई बाधा गरिरहेको छ संयोजक घेलानीले बताउनु भयो । यसले पहिले नै कमजोर बनेका समुदायहरूलाई अझ गरिब, भोकमरी बढाइ रहेको बताउनु भयो ।

बैठकमा घेलानीले सबै प्रकारका द्वन्द्वलाई रोक्न, कम गर्न र अन्त्य गर्न थप प्रयास गर्न आह्वान गर्नुभयो । घेलानीले अहिले विभिन्न ५ क्षेत्रहरुमा काम गर्न सके भोकमरीलाई कम गर्न सकिने बताउनु भयो । संयोजक घेलानीले सुरक्षा परिषद्लाई भोकमरी र द्वन्द्व फैलिएका मुलुकमा अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गराउने, प्रारम्भिक चेतावनी संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्ने, कमजोर जनसंख्यामा युद्धको प्रभावलाई कम गर्ने, महिला र युवतीरू लक्षित कार्यक्रमलाई प्राथमिकता दिने, जोखिमहरूलाई सम्बोधन गर्नेगरी पर्याप्त आर्थिक सहायता गर्ने काम थाल्न आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);