एकीकृत समाजवादीको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

एकीकृत समाजवादीको बैठक जारी

काठमाडौं, १९ साउन । सत्तारुढ दल नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी छ । किर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा जारी बैठकमा कमिटीको बैठकको तयारी र एजेण्डाबारे छलफल हुने जनाइएको छ ।

सचिवालय बैठक चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा, स्थायी कमिटी २० र २१ गते बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा, पोलिटब्युरो भदौ ३ र ४ गते ११ बजे पार्टी कार्यालय र केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ गतेसम्म कान्तिपुर गार्डेन ब्यांक्वेट ललितपुरमा हुनेछ ।

रिपोर्टिङ, राजनीतिक प्रतिवेदन माथि छलफल, समसामयिक परिस्थिति र पार्टीको कार्यभारलगायतका विषयमा छलफल हुने जनाइएको छ । यसअघि पार्टीले आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);