योगा गर्नुअघि खानुहोस् यी कुरा, दिनभर ऊर्जा भरि रहनेछ | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

योगा गर्नुअघि खानुहोस् यी कुरा, दिनभर ऊर्जा भरि रहनेछ

काठमाडौं,१९ साउन । मानिसहरु फिट रहन व्यायाम वा योगको सहारा लिने गर्दछन्, तर यसको फाइदा पनि तब मात्र पाइन्छ जब तपाईले व्यायाम वा आसनहरु राम्ररी गर्नुका साथै राम्रो आहार लिनुहुन्छ । यदि तपाईंले योगा गर्नुभयो भने, यसले तपाईंको शरीरलाई स्वस्थ राख्छ र तपाईंको दिमागलाई पनि शान्त राख्छ। तर, योगा गर्दा पहिले र पछि के खाने भन्ने कुरामा ध्यान दिनुपर्छ । जसले गर्दा त्यसको पूर्ण लाभ लिन सकिन्छ ।

योग गर्नु अघि के खाने

धेरैजसो मानिसहरू योग गर्नुअघि खाली पेट खान रुचाउँछन्, तर यदि तपाईं केही खान चाहनुहुन्छ भने, तपाईंले हल्का खाजा खान सक्नुहुन्छ। तर, योगा गर्नुभन्दा कम्तिमा दुईदेखि साढे दुई घन्टा अघि बिहानको खाजा खानु राम्रो हुन्छ । क्यालोरी युक्त ब्रेकफास्ट खानुहोस्, जसले योग गर्दा ऊर्जा दिन्छ।

केरा खान सकिन्छ । यसमा प्रशस्त मात्रामा फाइबर र पोटासियम पाइन्छ । जसले योग गर्दा ऊर्जा दिन्छ । साथै यसमा पाइने म्याग्नेसियमले मांसपेशी दुख्नबाट पनि बचाउँछ ।

ओटमिल वा प्रोटिन शेक पिउनु पनि फाइदाजनक हुन्छ । यसले तपाईलाई ऊर्जावान राख्छ। योग गर्दा थकान महसुस हुनेछैन । योगा गर्नुअघि ड्राई फ्रुट र नट्सको सेवन गर्नु पनि फाइदाजनक हुन्छ । यसका लागि बदाम र किशमिश पनि खान सकिन्छ । जसबाट ऊर्जा प्राप्त हुनेछ।

योगा गर्नुअघि शरीरलाई हाइड्रेटेड राख्नु अति आवश्यक हुन्छ । किनभने योग गर्दा धेरै पसिना आउँछ र शरीरमा पानीको कमी हुन्छ। त्यसैले योग गर्नुअघि पर्याप्त पानी पिउनुहोस्।

योग पछि के खाने
योग गरेपछि कम्तिमा ३० मिनेटसम्म केही पनि खानु वा पिउनु हुँदैन । कम्तिमा एक घण्टा पछि तपाईले उच्च क्यालोरी नाश्ता गर्न सक्नुहुन्छ। जसमा अण्डा, रोटी, दही, पराठा, अनाज, तरकारी, नट, हरियो चिया, सुन्तला आदि समावेश गर्न सकिन्छ। योगपछि प्रोटिन र कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा स्वस्थ रहन्छ ।

Leave a Reply

ताजा समाचार