काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बुझीएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ ।
पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानी व्यवस्था छ ।