अधिवक्ता भगवती पाण्डे सोधपुछपछि रिहा,अदालतले दिएन म्याद थप्ने आदेश | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

काठमाडौं, १८ साउन । तामाङ समुदायबारे अभिव्यक्ति दिएर विवादमा मुछिएकी अधिवक्ता भगवती पाण्डे शीतललाई सोधपुछ गरी प्रहरीले छाडेको छ । अदालतले म्याद थप गर्ने अनुमति नदिएपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

एक टेलिभिजन कार्यक्रममा अन्तर्वाताको क्रममा बोल्दा विवादमा मुछिएकी पाण्डेलाई तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए । पाण्डेलाई पक्राउ नगरेको भन्दै चर्को विरोध भएपछि सोधपुछ गरिएको थियो ।

पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न माग गर्दै जाहेरी परेको थियो ।

अदालतले पक्राउ पुर्जी जारी गरेर पनि पक्राउ नगरेको भन्दै बुधबार जिल्ला प्रहरी परिसरमा अभियन्ता लगायतले प्रदर्शन गरेका थिए । सोही क्रममा ५१ जना अभियन्तासहित पक्राउ परेका थिए । टेकुुबाट पक्राउ परेका उनीहरु पनि रिहा भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);