मन्त्रीमोदी र राजदूत श्रीवास्तवबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

मन्त्रीमोदी र राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं,१७ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र नेपालका लागि भारतीय राजदूत नवीनश्री वास्तवबीच भेटवार्ता भएको छ ।

सिंहदरबास्थित मन्त्रालयमा बुधबार दिउँसो भएको भेटमा मन्त्री मोदी र राजदूत श्रीवास्तवबीच समसामयिक एवं द्धिपक्षीय हितका विषयमा छलफल भएको छ ।

भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताए ।

मन्त्रीमोदीले आवश्यक छलफल गरेर सबै विषयहरुलाई अगाडि बढाउने जवाफदिए ।

त्यस्तै भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमहरुको प्रभावकारीताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा छलफल भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);