रास्वापा सभापति रवि लामिछाने र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

रास्वापा सभापति रवि लामिछाने र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

पार्टी कार्यालय वनस्थलीमा शुक्रबार भएको भेटवार्तामा नेपाल– भारत सम्बन्धलाई थप बलियो बनाउने कुरामा छलफल भएको बताइएको छ ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको मूख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल– भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने कुरा पार्टी सभापति लामिछानेले राखेको रास्वापाले जनाएको छ ।

उक्त भेटमा पार्टीका तर्फबाट महामन्त्री डा.मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख तथा प्रतिनिधि सभा सदस्य शिशिर खनाल र प्रतिनिधि सभा सदस्य मनिष झा पनि सहभागीता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);