मोरङ प्रशासनमै विष पिएका मिटरब्याज पीडित सोनारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मोरङ प्रशासनमै विष पिएका मिटरब्याज पीडित सोनारको मृत्यु

काठमाडौं,१७ साउन । मोरङमा मिटरब्याज पीडित भनिने एक व्यक्तिको मृत्यु भएको छ । पीडित भनिएका कटहरी गाउँपालिका ३ का विनित सोनारको विष सेवनबाट मृत्यु भएको हो ।

पीडित र पीडकलाई जिल्ला प्रशासन कार्यालय मोरङले बोलाएर छलफल गराएको थियो । छलफलबाट बाहिर निस्केलगत्तै कार्यालय परिसरमै सोनारले विष सेवन गरेको प्रहरीले जनाएको छ । सोनारको कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

सोनारको पत्नीले डा.नितेष तिवारीविरुद्ध मिटरब्याज पीडित भएको उजुरी दिएकी छिन् । दुवैपक्षलाई गत साउन ७ गते प्रशासन कार्यालयले छलफलका लागि बोलाएको छ ।

डा.तिवारीले सोनारलाई १५ लाख रुपैयाँ दिएको दाबी गर्दा सोनारको परिवारले भने ७ लाख रुपैयाँ मात्र ऋण लिएको बताइरहेको छ । सोनारले चिया पसल चलाउँदै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);