माओवादी केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण नगर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

माओवादी केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण नगर्ने

काठमाडौं, १७ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आज देखि सुरु हुने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो ।

बिहान बसेको स्थायी कमिटिको बैठकले लाइभ नगर्ने निर्णय गरेको हो । बैठक आजदेखि २१ गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सञ्चालन हुँदैछ ।

यसअघि माओवादी केन्द्रीय समिति बैठकमा समूहगत छलफल हुने गरेको भएपनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिइने भएको हो । पार्टीलाई लोकतान्त्रिक पद्धतिबाट चलाइनुपर्छ भन्ने सबैको माग अनुसार यसपटक भने सबै केन्द्रीय सदस्यलाई छोटो समय उपलब्ध गराइने जनाइएको छ ।

यसपटक माओवादी केन्द्रीय समितिमा २३,२४ जना महिला सदस्य थपिनेछ । अब माओवादीको केन्द्रीय समितिमा कम्तीमा १४० जना महिला हुनेछन् भने केन्द्रीय समिति ४०७ सदस्यीय बन्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);