काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । त्यसअघि स्थायी कमिटी बैठक बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बस्ने बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने जनाइएको छ ।
सो प्रतिवेदन पदाधिकारी बैठकमा पटक पटक छलफल, सुझाव र सल्लाहसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो ।
सो प्रतिवेदनलाई प्रचण्डले अन्तिम रूप दिएपछि स्थायी कमिटी बैठकले अनुमोदन गर्न लागिएको हो ।