‘सदनरुपी फिलिम हल आज पनि खाली, न निर्देशक आए न दर्शक न कलाकार’ | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

‘सदनरुपी फिलिम हल आज पनि खाली, न निर्देशक आए न दर्शक न कलाकार’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले दलहरुबीच सुनको भागवण्डा नमिलेपछि संसद चल्न नसकेको टिप्पणी गरेका छन् ।

आज मंगलबार बस्ने भनेको प्रतिनिधि सभा बैठक बस्न नसकेपछि सांसद शाहले खाली संसद हलको तस्वीर सामाजिक सञ्जालमा राख्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘खाली छ आज पनि सदनरूपी फिलिम हल, न निर्देशक आए न दर्शक न कलाकार ! कारण ? क्विण्टलको भागवण्डा नमिलेको अवस्था !!,’ शाहले लेखेका छन् ।

एमालेले सुन काण्डबारे छानबीन गर्न विशेष संसदीय समिति बनाउन माग राखेपछि सरकारसँग कुरा नमिल्दा संसद चालु हुन सकेको छैन् । सोमबार बस्ने भनिएको संसद बैठक मंगलबारका लागि सारिएको थियो । तर, प्रतिपक्षी एमाले र सत्तारुढ दलहरुकबीच कुरा नमिल्दा प्रतिनिधिसभालाई २२ गते १ बजेसम्मका लागि सारिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);