काठमाडौं, १६ साउन । द एसेजको अन्तिम तथा पाँचौं टेष्टमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि नाटकीय पूनरागमन गर्दै ४९ रनको रोमान्चक जित हात पारेको छ । योसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा सकिएको छ । तर साविक विजेता भएको कारण द एसेज ट्रफी भने अष्ट्रेलियाले यस अघि नै रक्षा गरिसकेको छ ।
जितको लागि ३ सय ८४ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया पाँचौं दिन अन्तिम सेसनमा ३ सय ३४ रनमा अल आउट भयो । अष्ट्रेलियाका उस्मान खवाज ७२ र डेविड वार्नर ६० रनमा आउट भए । १ सय ६९मा ३ विकेट गुमाएको अस्ट्रेलियाका लागि चौथो विकेटको साझेदारीमा ट्रविस हेड र स्टिभ स्मिथले ९५ रन जोडेपछि जित निश्चित भइसकेको अवस्थामा इंग्ल्याण्डले पुनरागमन गरेको हो । को साझेदारी गरेपछि अष्ट्रेलिया सहज जिततर्फ अघि बढेको थियो । एक समय २६४–३ को बलियो अवस्थामा रहेको अष्ट्रेलियाले ३ सय ३४ रनमा सबै विकेट गुमायो ।
तेस्रो सेसनमा अष्ट्रेलियाको नाटकीय विकेट पतन हारको प्रमुख कारण बन्यो । हेड ४३ , स्टिभ स्मिथ ५४ रनमा आउट भएपछि इंग्ल्याण्ड खेलमा फर्किएको हो । मिचेल मार्श ६, मिचेल स्टार्क शून्य र प्याट कमिन्स ९ रनमा आउट भएपछि इंग्ल्यान्ड विजयी भएको हो । इंग्ल्यान्डका क्रिस वोक्सले चार मोईन अलीले तीन र स्टुअर्ट बोर्डले दुई विकेट लिए । अन्तिम टेस्ट खेल खेलेका स्टुअर्ट बोर्डले एलेक्स केरीलाई २८ रनमा जोनी बेयरस्टोबाट क्याच गराउँदै जित पक्का गराए । बोर्डले जित र विकेटका साथ आफ्नो करिअर सकाएका छन् ।