सूचना प्रविधिको विकासलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री शर्माको दाबी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

सूचना प्रविधिको विकासलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री शर्माको दाबी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिको विकास राष्ट्रिय प्राथमिकतामा रहेको दाबी गर्नु भएको हो । व्यवस्थित रुपमा ऐन कानूनहरुलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरे मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने मन्त्री शर्माले उल्लेख गर्नुभयो । उहाँले अब नेपालबाट विदेशमा श्रमिक नभएर सेवा निर्यात गर्न सक्नुपर्ने बताउनु भयो ।

संघीय निजामती ऐनमा आईटी समूह राख्ने पहल भइरहेको भन्दै मन्त्री शर्माले सरकारी सेवालाई आधुनिक बनाउनुसँगै नयाँ कार्यक्रममार्फत पूर्वाधार निर्माण तथा सेवाको गुणस्तर बढाउन काम गरिरहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);