सुन तस्करीको जरोसम्मै पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

सुन तस्करीको जरोसम्मै पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठकलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गरेर निष्कर्षमा पुग्ने बताउनुभएको हो । उहाँले तस्करी र भ्रष्टाचारका सबै घटनाको निष्पक्ष छानबिन हुने प्रष्ट पार्नुभयो ।

सुन तस्करी प्रकरणमा आफ्नो कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग र प्रहरीको अपराध अनुसन्धानमा पोख्त टिमले छानबिन गरिहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अभियानलाई निस्कर्षमा पु¥याउन पार्टीका सबै नेता कार्यकर्ता र आमजनताको सहयोग जरुरी रहेको उल्लेख गरे । भ्रष्टाचार र अनियमितताविरोधी अभियान निस्कर्षमा पु¥याउन पार्टीभित्र आन्तरिक एकता मजबुत हुनुपर्ने उहाँको भनाइ थियो । यसअघि बैठकमा बोल्दै उपमहासचिव वर्षमान पुनले सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बतीमूलका बेल्जियन नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको जिकिर गर्नुभएको थियो ।

गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी सहिद परिवारकी अमला रोकाले दावासँग बिहे गरेपछि आफूसँग चिनजान गराउन दावलाई एकपटक डेरामा लिएर आएको उहाँको भनाइ थियो ।

उपमहासचिव पुनले ८ वर्षपहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार गर्दै आफ्नो सार्वजनिक छविमाथि आक्रमण गरेर चरित्र हत्या गर्न खोजिएको गुनासो गर्नुभयो । उहाँले सुन तस्करीमा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिनको माग गर्नुभयो । पुनले पार्टीबाहिर वा भित्र अमुक व्यक्ति वा एक निकायको नाम जोडिँदैमा अर्को पक्षले अपराधीकरण गर्ने प्रवृत्ति सह्य नहुने चेतावनी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);