तीन संसदीय समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

तीन संसदीय समितिको बैठक आज

काठमाडौं, १५ साउन । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

अर्थ समितिमा मिति २०८० असार २१ गतेको बैठकको निर्णयानुसार समितिमा प्राप्त विवरणमाथि कृषि तथा पशुपंक्षी विकासमन्त्री, अर्थ मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र लगानी बोर्डसँग विस्तृत छलफल हुनेछ ।

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिमा पन्ध्रौं योजनाका समीक्षा तथा उपलब्धिहरु, सोह्रौँ योजना तयारीका सम्बन्धमा छलफल हुनेछ । विधायन व्यवस्थापन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० मा सरोकारवालाहरूसँग छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);