एकीकृत समाजवादीले सार्यो बैठक | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

काठमाडौं, १५ साउन । सत्तारुढ दल नेकपा(एकीकृत समाजवादी)ले सम्पुर्ण बैठक पछि सारेको छ । आज केन्द्रीय सचिवालय बैठक बस्ने भनिएको थियो । पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको सचिवालय बैठक आगामी साउन १९ गते बिहान ८ बजेको लागि बोलाइएको छ ।

नयाँ मिति अनुसार सचिवालय बैठक चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा, स्थायी कमिटी २० र २१ गते बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा, पोलिटब्युरो भदौ ३ र ४ गते ११ बजे पार्टी कार्यालय र केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ गतेसम्म कान्तिपुर गार्डेन ब्यांक्वेट ललितपुरमा हुनेछ ।

बैठकमा रिपोर्टिङ, राजनीतिक प्रतिवेदन माथि छलफल, समसामयिक परिस्थिति र पार्टीको कार्यभारलगायतका विषयमा छलफल हुने जनाइएको छ । यसअघि पार्टीले आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);