काठमाडौं, १४ साउन । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण हुने भएको छ ।
अबको केही समयमै दुई पार्टीबीच एकीकरण हुन लागेको चौधरीले जानकारी गराएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘केहिबेरमा नेपाल सदभावना पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण हुँदै ।’