बंगलादेशमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

बंगलादेशमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

ढाका, १४ साउन । बंगलादेशको राजधानी ढाकामा प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै शनिबार मुख्य सडक अवरुद्ध गर्ने र ढुङ्गामुढा गर्ने विपक्षी दलका कार्यकर्तामाथि प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ ।

प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की नेतृ खालिदा जिया भ्रष्टाचारको आरोपमा सन् २०१८ देखि जेलमा छन् । विपक्षी दलले पछिल्लो महिनाको सबैभन्दा ठूलो ¥याली शुक्रबार गरेको छ । मुद्रास्फीतिका कारण ¥यालीमा हजारौंको सहभागिता रहेको छ ।

देशमा अर्को आम चुनाव जनवरी २०२४ मा हुनेछ । बीएनपीले शेख हसिनाको राजीनामा र निष्पक्ष कार्यवाहक सरकारको नेतृत्वमा निर्वाचनको माग गर्दै आएको छ । विपक्षी दलको यो माग सरकारले अस्वीकार गरेको छ ।

Leave a Reply