उदयपुर, ११ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–१ मिलन टोल बस्ने २१ वर्षीय नितेश कार्कीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित सामुदायिक जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।