काठमाडौं, ११ साउन । आगामी ३ दिन देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग महाशाखाले कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तह भन्दा तल, तर बढ्दो रहने पूर्वानुमान गरेको छ । नदी तटिय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।