काठमाडौंमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

काठमाडौंमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

काठमाडौं,११ साउन । काठमाडौंको बुढानिलकण्ठ,जितपुर र आसपास पछिल्लो २ घण्टामा भारी वर्षा भएको छ ।

विष्णुमती गोङ्गबुमा जलसतहले सतर्कता नजिक पुगेको,विष्णुमती,ईच्छुमती,धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने वाग्मती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);