युएई, २७ पुष । पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत भोलि नेपालले श्रीलंकासँग खेल्दै, तेस्रो खेल आफ्नो पक्षमा पार्ने लक्ष्य । २२ सदस्यीय नेत्रहीन नेपाली क्रिकेट टोली पाकिस्तानमा विश्वकपको २ खेल खेलेर युएई पुगको छ ।
नेपालले भोलि यूएईको अजमान ओभल क्रिकेट स्टेडियममा श्रीलंकासँग आफ्नो तेस्रो खेलमा प्रतिष्पर्धा गर्दैछ । यूएईकै इढन गार्डेनमा नेपालले साविक विजेता भारतसँग पनि खेल्ने छ । यसअघि भएका दुई खेलमा भने नेपालले जित निकाल्न सकेको छैन ।

पहिलो खेल पाकिस्तानसँग हारेको नेपाली टोली दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । नेपालले जनवरी १५ मा यूएईकै एमसिसी क्रिकेट ग्राउन्टमा बलियो टोली अस्ट्रेलियाको सामना गर्नेछ ।




