काठमाडौं, ८ साउन । बैतडीमा पहिरोले घर पुरिँदा आम–छोराको मृत्यु भएको छ ।
पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा अन्जु र उनका ५ वर्षीय छोरा रिजन अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रिजनका हजुरआमा राइमती र उनका काका गोब्बर घाइते भएका छन् । पाहुना आएकी जस्मा बोहोरा पनि घाइते भएको प्रहरीले जनाएको छ ।
रिजनका बुवा भने कामको शिलशिलामा भारतमा छन् । गोठमा बाधिएका एक दर्जन चौपाय सबै मरेको र घर पुर्णरुपमा क्षति भएको छ ।