१३ जना जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

१३ जना जुवाडे पक्राउ

काठमाडौं,५ साउन । जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका–१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);