जुवा खेल्ने सात जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

जुवा खेल्ने सात जना पक्राउ

धादिङ,३१ असार । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । निलकण्ठ नगरपालिका–३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ५८ हजार ६ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);