टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८०, आइतबार

टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौं। टोखा नगरपालिका–४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। फक्राउ पर्नेमा उदयपुर गाइघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जना छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ८ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरको हो।

Leave a Reply