संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने विश्वास : उपराष्ट्रपति पुन | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने विश्वास : उपराष्ट्रपति पुन

07022016094402vice-prez-copy-1000x0

काठमाडौं, २८ पुष । उपराष्ट्रपति पुनले चितवनमा रत्ननगर महोत्सवको उद्धघाटन गर्दे नयाँ जनादेशअनुसार अब स्थायी सरकार बन्ने विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुनले राजनीतिक अस्थिरता अन्त्य भएको भन्दै मुलुकमा अब लगानीका ढोकाहरु खुल्ने पनि बताए ।

महोत्सवमा मौलिक पहिचान झल्कने धरहरा निर्माण गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले महोत्सवले जिल्लाको अर्थिक विकासमा टेवा पुग्ने बताए ।

५ लाख जनाले महोत्सव अवलोकन गर्ने र ५० करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । ४ सय ५० स्टल रहेको महोत्सव माघ ५ सम्म चल्ने छ ।