नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्नः बामदेव गौतम | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्नः बामदेव गौतम

काठमाडौं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क समेत गर्नु भयो ।

बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गर्नु भयो । त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पु¥याउने सांसद गौतमले तर्क समेत गर्नु भयो ।

उहाँले गौरवगाथाले भरिएको नेपाली सेनाको सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेश सभा हटाउँदा उपयुक्त हुने बताउनु भयो । त्यस अवसरमा सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकीर समेत गर्नु भयो ।

सांसद गौतमले पार्टीको केन्द्रिय कार्य समिति बैठक लाईभ गरेको भन्दै काँग्रेसप्रति आभार व्यक्त गर्दै कम्युनिष्ट पार्टीहरुले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने धारणा समेत राख्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);