निशुल्क पानी खुवाउँदै टेकराम | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

निशुल्क पानी खुवाउँदै टेकराम

निशुल्क पानी खुवाउँदै टेकराम
गोपाल भट्टराई ,१४ बैशाख दाङ ।
दाङ तुलसीपुरका समाज सेबी टेकराम खड्काले विगत आठ वर्ष देखि चौकमा वसेर निरन्तररुपमा निशुल्क बजारमा आएका मानिसहरुलाई पानी खुवाइ रहेका छन । विशेष गरेर गर्मी सुरु भए संगै खडकाले वर्सेनी वर्ष नलाग्दा सम्म निशुल्क रुपमा मानी खुवाउने गरेका छन । खडकाले सेवा नै धर्म हो भन्ने उद्देश्यले आफुले यस कार्यलाई निरन्तरता

निशुल्क पानी खुवाउँदै टेकराम

 

 

गोपाल भट्टराई ,१४ बैशाख दाङ । दाङ तुलसीपुरका समाज सेबी टेकराम खड्काले विगत आठ वर्ष देखि चौकमा वसेर निरन्तररुपमा निशुल्क बजारमा आएका मानिसहरुलाई पानी खुवाइ रहेका छन । विशेष गरेर गर्मी सुरु भए संगै खडकाले वर्सेनी वर्ष नलाग्दा सम्म निशुल्क रुपमा मानी खुवाउने गरेका छन । खडकाले सेवा नै धर्म हो भन्ने उद्देश्यले आफुले यस कार्यलाई निरन्तरता दिइरहेको वताए । बैशाखको पहिलो हप्तादेखी पानी खुवाउन शुरु गरेका खड्काले दैनिक ३ हजारदेखी ५ सय लिटर सम्म पानी खपत हुने बताए । बाटो हिडने मानिसहरुलाई निःशुल्क पानि दिइरहेको भन्दै यसले बजार आउनेहरुलाई राहात भएको बटुवाहरुले वताएका छन । आफुले चोकमा निशुल्क पानी खुवाएर धर्म प्राप्ति कालागि पानी खुवाउँदै आएको बताए ।

 

खड्काले निःशुल्क पानी बितरण गरेपछि पश्चिम दाङका साथै छिमेकी जिल्ला सल्यान र रुकुमबाट तुलसीपुर बजारमा आउने मानिसहरु चर्को घाममा चिसो पानी पीउन पाउँदा राहतको महसुस गरेको बताउँछन् । तुलसीपुरको बीपीचोकमा ट्यांकर, घैंटो, बाल्टिन भरि बरफ पानी राखेर बिहान १० वजेदेखि साँझ ५ वजेसम्म खड्का पानीखुवाउन मै व्यस्त देखिन्छन । दैनिक पानी पीउन ५ देखि ६ हजार सम्म नागरिकहरु आउने गरेको खड्काले बताए । खड्का तुलसीपुर बजारमा एकान्त होटेल एण्ड संचालक पनि हुन । खड्काले आफू बाचुञ्जेल निःशुल्क पानी खुवाएर हजारांै नागरीकलाई सेवागर्ने बताए । ‘मान्छेले पैँसा लिएर समाज सेवा गर्दछन् ।

 

तर, मैले उल्टै पैँसा तिरेर समाज सेवागरिरहेको छु’, खड्काले भने ‘प्रसस्त सम्पत्ती भएर मैले यो कामको थालनी गरेको होइन । धर्म गर्न मन्दिर जानु भन्दा गर्मीमा बजार आएका मानिसलाई पानीखुवाई सेवा गरी धर्म कमाउन आठवर्ष अघिदेखि निःशुल्क पानी खुवाउँदै आएको आएको वताए । गर्मी महिनाभर बैशाख देखि जेठ महिनाको अन्तिम सम्म यसैगरी निःशुल्क पानी खुवाउने उनले वताए । बजारमापानीको समस्याहुने गरेको अवस्थामा निःशुल्क रुपमै चिसो पानी पिउन पाइने भएपछि आफूलाई निकै खुसीको भएको भन्दै बटुवालाई राहत भएको पवित्रा के.सी ले वताइन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);