पाल्पा,४ साउन । बाँदर धपाउन राखेको पासोमा परेर २ जना महिला घाइते भएका छन् । बाँदरबाट मकै बाली जोगाउन थापेको पासोमा परी तानसेन नगरपालिका–७, लामीडाँडा बस्ने तिलु थापा र बिजिता आले घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरु बुधबार बेलुकी घाँस काट्न गएका करेन्टको धरापमा परेका बुझिएको छ ।
बाँदरलगायत जंगली जनावरले सताएपछि मकैबाली जोगाउन ग्याबिनको नाङ्गो तारमा बिजुलीको करेन्ट छाडिएको थियो ।
उनीहरूको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल, प्रभासमा उपचार भैरहेको बताइएको छ ।