भलिबल टिमको कप्तानमा मानबहादुर श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भलिबल टिमको कप्तानमा मानबहादुर श्रेष्ठ

काठमाडौं, २ साउन । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमितिको बैठकले श्रेष्ठलाई कप्तानमा नियुक्त गरेको हो ।

श्रेष्ठ त्रिभुवन आर्मी क्लबका स्पाइकर थिए । नवनियुक्त श्रेष्ठले पाँचवटा सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।

माल्दिभ्समा सेन्ट्रल जोनमा तेस्रो हुँदै कास्य पदक जित्दा श्रेष्ठले बेस्ट आउटसाइड सेकेन्ड अट्याकरको अवार्ड जितेका थिए । संघले टिमका कप्तान हरिहजुर थापालाई बर्खास्त गरेपछि कप्तान पद खाली थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);