यु-२३ भलिबल टोलीको बिदाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

यु-२३ भलिबल टोलीको बिदाइ

काठमाडौ। नेपाल भलिबल संघ (एनभिए) ले बंगलादेशमा आयोजना हुने बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियललाई बिदाइ गरेको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच एनभिएले यु–२३ टोलीसहित बीच भलिबलमा सहभागी जनाउन जाने महिला तथा पुरुष टोलीको बिदाइ गरेको हो । खेलाडी तथा अफिसियललाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एनभिएका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका थिए ।

१९ सदस्यीय नेपाली यु-२३ टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछ । बीच भलिबल टोली भने अर्काे हप्ता त्यसतर्फ प्रस्थान गर्ने तालिका छ । प्रशिक्षक जगदीश भट्टको प्रशिक्षणमा यसअघि नै १४ सदस्यीय टोली घोषणा भइसकेको छ । नेपाली टोलीको कप्तानमा ओपन स्पाइकर धिरोजकुमार बस्नेत छन् । यसअघि संंघले खुल्ला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो ।

बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान छन् । नेपालले पहिलो खेलमा बुधबार आयोजक बंगलादेशसँग खेल्नेछ ।

नेपाली टोलीः 
धिरोज कुमार बस्नेत (कप्तान)– ओपन स्पाइकर
रवि केसी– ओपन स्पाइकर
सन्तोष खत्री– ओपन स्पाइकर
अर्जुन नेपाली– क्विक स्पाइकर
रुपबहादुर गुराउ –अलराउन्डर
विष्णु बस्नेत– ओपन स्पाइकर
सफल बिक– क्विक स्पाइकर
सन्तोष महत्ता– क्विक स्पाइकर
हेमन्त मल्ल– अलराउन्डर
वेदप्रकाश जोशी– सेटर
सम्राट भण्डारी– सेटर
गौरब पाण्डे–लिबेरो
भिमराज गुरुङ– लिबेरो

बीच भलिबल खेलाडीः
महिलाः
कोपिल उप्रेती
कमला पुन

पुरुषः
मानबहादुर श्रेष्ठ
दिल सुनार

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);