काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए सँग पराजित भएको छ । यस हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरीएको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ए ले २२ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
भारत ए का लागि अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्काको सहयोगमा ८७ रनको अर्धशतकीय ईनिङ खेले । साई शुदर्शनले ५२ बलमा ८ चौका र १ छक्काको सहयोगमा अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३९ दशमलब २ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो ।
आजै भएको अर्को खेलमा ओमानलाई पराजित गर्दै पाकिस्तान पनि सेमिफाइनल प्रवेश गरेको छ । २३ जुलाईमा हुने फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् ।