एसिया कपबाट बाहिरियो नेपाल, भारतसँग ९ विकेटको हार | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

एसिया कपबाट बाहिरियो नेपाल, भारतसँग ९ विकेटको हार

काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए सँग पराजित भएको छ । यस हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरीएको छ ।

श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ए ले २२ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

भारत ए का लागि अभिषेक शर्माले ६९ बलमा १२ चौका र २ छक्काको सहयोगमा ८७ रनको अर्धशतकीय ईनिङ खेले । साई शुदर्शनले ५२ बलमा ८ चौका र १ छक्काको सहयोगमा अविजित ५८ रनको अर्धशतकीय ईनिङ खेले । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३९ दशमलब २ ओभरमा १ सय ६७ रनमा अलआउट भएको थियो ।

आजै भएको अर्को खेलमा ओमानलाई पराजित गर्दै पाकिस्तान पनि सेमिफाइनल प्रवेश गरेको छ । २३ जुलाईमा हुने फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);