बचतको पनि ब्याज बढाउँदै बैंक | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

बचतको पनि ब्याज बढाउँदै बैंक

bank

काठमाडौं, २८ पुष । मुद्दती खाताको ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंकहरुले उक्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् ।

केही बैंकहरुले तरलता अभावमा ऋण दिनै रोकेको बेला केहीले ब्याज बढाएका हुन् ।
लगानीयोग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले धमाधम बचत खाताको ब्याजदर बढाउन लागेका हुन् ।

बचत खातामा ६ देखि ७ प्रतिशत ब्याज दिँदै आएका बैंकहरुले बढाएर ८.५० प्रतिशतसम्म पुर्याएका छन् ।आजको नागरिक दैनिकमा खबर छ ।