बिहे गर्न असल केटा खोज्नेलाई ४ लाख दिन्छिन् यी महिला | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

बिहे गर्न असल केटा खोज्नेलाई ४ लाख दिन्छिन् यी महिला

एजेन्सी, ३१ असार । मानिस यस्तो जीव हो जसलाई बाँच्नको लागि साथी चाहिन्छ । सुरुमा कयौं पटक लाग्छ हामी एक्लै बस्यौं भने आफ्नो स्वतन्त्रता अनुसार जीवन बिताउन सक्छौं तर उमेर पछि हरेक मानिसलाई एक साथी चाहिन्छ, जसले उसलाई बुझेर मनोबल टुटेको बेला साथ दिन्छ । अहिले अमेरिकाकी एक महिला वकिलले पनि त्यस्तै महसुस गरिरहेकी छिन् । यही कारणले उनले आफ्नो लागि उपयुक्त केटा फेला पार्नेलाई ४ लाखभन्दा बढी पुरस्कार दिने घोषणा गरेकी छिन् ।

न्युयोर्क पोस्टका अनुसार अमेरिकाको लस एन्जलसमा बस्ने ३५ वर्षीया इभ टिली–कुलसनले आफ्नो टिकटकमा एउटा भिडियो पोस्ट गरेकी छिन् । जसमा उनले भनेकी छन्,‘उनलाई विवाहको लागि केटा चाहियो र जसले उनलाई त्यो केटासँग परिचय गराउँछ उसलाई उनले पाँच हजार रुपैयाँ, डलरले करिब चार लाख दश हजार रुपैयाँ पुरस्कार दिनेछन् ।’

वास्तवमा, इभ टिली–कुलसनले आफ्नो टिकटकमा एक भिडियो पोस्ट गरेकी छिन्, जसमा इभ भन्छिन्, उनी लगभग पाँच वर्षदेखि अविवाहित छिन् र डेटिङ जस्ता चीजहरूबाट थकित छिन्। उनी अहिले बिहेका लागि केटाको खोजीमा छिन् । उनले डेटिङ एप्सबाट धेरै सहयोग लिए तर सफलता नपाएको बताउँछिन् ।

इभले आफ्नो भिडियोमा आफू कस्तो केटा चाहन्छिन् भनी बताएकी छिन् । उनले आफ्नो भिडियोमा आफूलाई २७ देखि ४० वर्षसम्मको, ५ फिट ११ इन्च वा अलि अग्लो, बेलायती शैलीमा ठट्टा गर्ने केटा चाहेको बताएकी छन् । यसका साथै उनी पशु प्रेमी हुनुपर्छ र खेलकुदमा राम्रो हुनुपर्छ । केटा जुनसुकै धर्म, जात, समुदाय, देशको होस् भनेकी छिन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);