लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार आचरण लोकतान्त्रिक हुनुपर्छः ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार आचरण लोकतान्त्रिक हुनुपर्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझैपनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कतिपय गरिबीको रेखाुमनी रहेका नागरिकहरुले आधारभुत अधिकारसमेत नपाइरहेको बताउनु भयो । उहाँले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताउनु भयो । अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सिमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताउनु भयो । उहाँले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनी ठूलो संख्या रहेकाले सबै मिलेर उनीहरुलाई आधारभुत अधिकार दिलाउनुपर्ने बताउनु भयो ।

Leave a Reply