लम्पिस्किन रोग नियन्त्रणका बारेमा संसदलाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

लम्पिस्किन रोग नियन्त्रणका बारेमा संसदलाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसदलाई जानकारी गराउन निर्देशन दिनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले लम्पिस्किन रोगको रोकाथामका लागि सरकारले गरेको कामको बारेमा संसदलाई जानकारी गराउन कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई निर्देशन दिनुभएको हो । उहाँले प्रतिनिधि सभा बैठकमा यस रोगको सम्बन्धमा विगतदेखि नै कुरा उठिरहेकाले यस सम्बन्धि स्पष्ट पार्न निर्देश गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘लम्पिस्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकहरुदेखि आजका बैठकमा पनि माननीय सदस्यहरुबाट कुरा उठिरहेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरेका कार्यहरुको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देश गर्दछु ।’

प्रतिनिधि सभा बैठक जारी छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);